बाँकेमा व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – आसन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पहिलो पटक नेपालमा खेल्न आउने तयारीमा रहेका श्रीलङ्काली खेलाडी उपुल थारंगाले नेपालमा खेल्न पाउँदा खुशी लागेको बताएका छन् ।
ललितपुर प्याट्रियट्सबाट ईपीएल खेल्न नेपाल आउन लागेका थारंगाले क्रिकेटको विकास भैरहेको देश नेपालमा खेल्न पाउँदा उत्साहित रहेको र आउँदा वर्षमा पनि संलग्न हुने अपेक्षामा रहेको उल्लेख गरेका छन् ।
उनले नेपालको प्राकृतिक मनोरम हेर्नका लागि निकै उत्साहित रहेको र आफ्नो अनुभव युवा खेलाडीमाझ साट्नका लागि लालायित रहेको आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
थारंगाले श्रीलंकाबाट तीन वटै फर्म्याट खेलेका छन् । जसमा उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी-२० खेलेका छन । बायाँ हाते ब्याट्सम्यान थारंगाले सन् २००५ मा भारतविरुद्ध टेस्टमा डेब्यू गरेका थिए ।
त्यही सिरिजमा एकदिवसीयमा डेब्यू गरेका थारंगाले टेस्टमा एक हजार सात सय ५४ रन बनाएका छन् भने र एकदिवसीयमा ६ हजार ९ सय ५१ रन प्रहार गरेका छन् ।
उनले टी–२० मा भने २६ खेलमा मात्र चार सय ७ रन बनाएका छन् । टी–२० मा उनले सन् २००६ मा इङ्ग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । ललितपुरले याे सिजनमा विदेशी खेलाडीका रूपमा थारंगालाई ल्याएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।