आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – इङ्ग्लिश फुटबल लिग (ईएफएल) कपको उपाधिका लागि म्यान्चेस्टर सिटी र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्ने भएका छन् । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै सिटीले एस्टन भिल्लासँगको भेट पक्का गर्यो ।
बुधबार राति भएको दोस्रो लेगमा युनाइटेडसँग एक–शून्यले पराजित भए पनि सिटी पहिलो लेगमा हात पारको जितका कारण फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । पहिलो लेगमा सिटी तीन–एकले विजयी भएको थियो । समग्रमा सिटीले युनाइटेडमाथि तीन–दुईको जित हात पार्याे ।
म्यान्चेस्टर सिटीको मैदानमा भएको दोस्रो लेगमा नेमान्जा माटिचको पहिलो हाफको गोलले युनाइटेडले अग्रता बनायाे तर त्याे गाेल हार टार्न पर्याप्त भएन ।माटिचले खेलको ३५औँ मिनेटमा गोल गरेका थिए ।
खेलमा अधिकांश बल पोसेसन सिटीले राख्दै युनाइटेडको पोस्टमा १३ वटा प्रहार गरेको थियो । युनाइटेडका गोलकिपर डेविड डी गेयाले उत्कृष्ट प्रदर्शन गर्दा सिटीको सबै प्रहार विफल भयाे ।
खेलको ७६औँ मिनेटमा माटिच दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसको फाइदा पनि सिटीले लिन सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।