आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार दुई खेल हुँदैछ । दुवै खेल दशरथ रङ्गशालामा हुनेछ ।
पहिलो खेलमा फ्रेण्ड्स क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्दैछन् । मध्याह्न १२ बजे हुने खेलमा दुवै टिम जित निकालेर शीर्ष ६ मा रहने प्रयासमा हुनेछन् ।
च्यासल आठ खेलबाट ९ अङ्क बनाउँदै नवौँ स्थानमा छ । उसले लिगमा तीन बराबरी र तीन हारको नतिजा निकाल्दा दुई वटा खेलमात्र जित्न सफल भएको छ ।
त्यस्तै फ्रेण्ड्स ८ अङ्क बनाउँदै एघारौँ स्थानमा छ । फ्रेण्ड्सले पनि दुई खेलमात्र जितेको छ । उसले दुई बराबरी र चार खेलमा हार ब्यहोरेको छ । फ्रेण्ड्सलाई रेलिगेशनको चिन्ता छ । रेलिगेसन जाेनबाट बच्न फ्रेण्ड्स याे खेल जित्नपर्ने दबाबमा छ ।
दिउँसाे तीन बजे एनआरटी र ब्रिगेड ब्वाइज खेल्दै छन् । ब्रिगेड ब्वाइज आठ अङ्कसहित १०औँ स्थानमा छ । उसले दुई जित, दुई बराबरी र चार हारको नतिजा निकालेको छ । ब्रिगेडलाई पनि रेलिगेशनको चिन्ता छ । याे खेलकाे जितले उसलाई केही राहत दिनेछ ।
गएकाे सिजन लिगको पुछारमा रहेको एनआरटी भने आठौँ चरण सकिँदा १२ अङ्कसहित छैटौँ स्थानमा छ । शीर्ष ६ को स्थान सुरक्षित गर्नका एनआरटीलाई जित आवश्यक छ । याे खेलकाे जितले एनआरटीलाई चौथो स्थानमा पुर्याउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।