आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – बार्सिलोना 'कोपा डेल रे' को क्वार्टर–फाइनलमा प्रवेश गरेकाे छ ।
शुक्रबार भएको खेलमा लेगानेसलाई पाँच–शून्यकाे फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले क्वार्टर–फाइनलको यात्रा पक्का गरेको हो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियाेजल मेस्सीले दुई गाेल गरे । उनले खेलकाे ५९औँ र ८९औँ मिनेटमा गाेल गरे ।
साथै एन्टाेनी ग्रिजम्यानले खेल सुरु भएकाे ४औँ मिनेटमा गाेल गर्दा क्लिमेन्ट लेन्ग्लेटले २७औँ मिनेट र अर्थुर मेलाेले खेलकाे ७७औँ मिनेटमा गाेल गरे ।
लेगानेसविरुद्धकाे दुई गाेलसँगै मेस्सीले स्पेनिस फुटबलमा ५ सय खेल जित्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका छन् । जितसँगै बार्सिलोना अन्तिम ८ मा प्रवेश गरेको छ, जहाँ रियल मड्रिड, भ्यालेन्सिया, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र सेभिल्ला पुगिसकेका छन् ।
बार्सिलोनाले लेगानेसविरुद्धको खेलमा जित निकाल्दै लयमा फर्किएको सङ्केत दिएको छ । नयाँ प्रशिक्षक क्विकेको साथमा घरेलु मैदानमा जित निकाल्न सफल भए पनि बार्सिलोनालाई खेल जित्न भने हम्मे–हम्मे पर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।