आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – अस्ट्रेलियन ओपनको ११औँ दिन बिहीबार डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच आठौँ पटक फाइनलमा प्रवेश गरेका छन् ।
जोकोभिचले ६ पटकसम्म विजेता रहेका स्विजरल्याण्डका रोजर फेडररलाई ७–६, ६–४ र ६–३ को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेका हुन् । यी दुईबीच दुई घण्टा १८ मिनेटसम्म प्रतिस्पर्धा भयो ।
विश्व नम्बर दुई जोकोभिचले अहिलेसम्म सात पटक अस्ट्रेलियन ओपन जितेका छन् । उनले सन् २०१९ मा स्पेनका राफेल नडाललाई हराउँदै उपाधि जितेका थिए ।
यसको फाइनल शनिबार अर्थात् २ फेब्रुअरीमा हुँदैछ । जसमा जोकोभिचसँग अस्ट्रियाका डोमिनिक थिएम र जर्मनीका एलेक्जेण्डर ज्वेरेवबीचको विजेताले प्रतिस्पर्धा गर्नेछ ।
विश्व नम्बर तीन खेलाडी फेडररले २० पटक ग्राण्ड स्लम जितेका छन् । जसमा ६ अस्ट्रेलियन ओपन, १ फ्रेन्च ओपन, ८ विम्बल्डन र ५ यूएस ओपन छन् । फेडररले सिङ्गल्सतर्फ १०३ उपाधि जितेका छन् । पछिल्लो पटक उनले सन् २०१८ मा अस्ट्रेलियन ओपन टेनिस जितेका थिए ।
जोकोभिचले १६ पटक ग्राण्ड स्लाम जितेका छन् । उनले ७ अस्ट्रेलियन ओपन, १ फ्रेन्च ओपन, ५ विम्बल्डन र ३ यूएस ओपन जितेका छन् । उनले सिङ्गल्सतर्फ ७७ उपाधि जितेका छन् । सन् २०१९ मा उनले अस्ट्रेलियन ओपनका साथै विम्बल्डन जितेका थिए । उनले सन् २०११, १२ र १३ मा लगातार अस्ट्रेलियन ओपन जितेका थिए ।
यी दुईबीच अहिलेसम्म ५० पटक प्रतिस्पर्धा भएको छ, जसमा जोकोभिचले २८ पटक र फेडररले २३ पटक जितेका छन् । ग्राण्ड स्लममा यी दुईबीच १८ पटक भेट भएको छ, जसमा जोकोभिचले १२ पटक जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।