चाैथाे टी-२० : भारतले दियाे न्युजिल्याण्डलाई ‍‍‍१६६ रनकाे लक्ष्य

 माघ १७, २०७६ शुक्रबार १४:५१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

न्युजिल्याण्डविरुद्धकाे चाैथाे टी २० क्रिकेटमा भारतले १६६ ‍‍‍ रनकाे लक्ष्य दिएकाे छ ।

सिरिज जितिसकेकाे भारतले टस हारेर पहिला ब्याटिङ गरेकाे थियाे । भारतकाे शुरुआत भने राम्राे हुन सकेन । राेहित शर्मालाई रेस्ट दिइएकाे खेलमा भारतका लागि केएल राहुल र सन्जु सामसने ओपनिङ गरेका थिए । पहिलाे विकेटकाे रुपमा सामसन ८ रन बनाएर आउट भए ।

त्यसपछि कप्तान विराट काेहली र राहुलले भारतकाे स्काेर ४८ रन पुर्‍याएका थिए । काेहली ११ रनमा आउट भएपछि भारतले दाेस्राे विकेट गुमायाे ।

तेस्राे विकेटकाे रुपमा श्रेयस अय्यर १ रनमा पेभेलियन फर्किँदा भारतले ५२ रनमा तेस्राे विकेट गुमायाे ।

चाैथाे विकेटकाे रुपमा राहुल आउट भए । राहुलले २६ बल फेस गर्दै ३ चाैका र २ छक्काकाे मदतले ३९ रन बनाए । ८४ रन हुँदा भारतले पाँचाै‌ंँ विकेट गुमाएकाे थियाे । शिवम् दुबे १२ रनमा आउट भएका थिए । त्यसपछि क्रिजमा रहेका मनिष पाण्डेले भारतकाे स्काेर १०० रन कटाए ।

उनी अन्तिमसम्म क्रिजमा रहँदै नट आउट ५० रन बनाए । यसैगरी वासिङ्टन सुन्दरले खाता खाेल्न सकेनन् भने शार्दुल ठाकुरले २० तथा युजबेन्द्र चहल १ रनमा आउट भए । नवदीप सैनी ११ रनमा नट आउट रहे ।

न्युजिल्याण्डका इस साेधीले ३ तथा हामिश बेनेटले २ विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया