शनिबार ललितपुरमा पनि केही ठाउँमा ६ घण्टा बत्ती जाने

 माघ १७, २०७६ शुक्रबार १९:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - शनिबार बिहान ललितपुरका केही ठाउँमा लाेड शेडिङ हुने भएकाे छ ।

पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण गरिएकाे ११ केभी  लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गरेर फिडर सुधार गर्नुपर्ने भएकोले शनिबार बिहान एघार बजेदेखि बेलुकी पाँच बजेसम्म जम्मा ६ घण्टा बत्ती निभाइने पुल्चोक वितरण केन्द्रकी  सूचना अधिकारी लिला अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।                                                                                                   

पुल्चोक फिडर अन्तर्गत बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधानसेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय एरियालगायतका क्षेत्रहरुमा बत्ती काटिने   नेपाल विद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्रले जनाएकाे छ ।

तर काम निर्धारित समय अगाडि नै सकिएकाे खण्डमा त्यस समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत जानकारी दिएकाे छ ।  

अन्तिम अपडेट: चैत २५, २०७६

तपाईको प्रतिक्रिया