चीनबाट नेपाल फर्कन झण्डै दुई सयले भरे आवेदन फाराम

 माघ १९, २०७६ आइतबार १८:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढेको चीनमा रहेका नेपालीलाई फर्काउनका सरकारले गृहकार्य अगाडि बढाएको छ । 

नेपाल फर्कन चाहने नेपालीबाट आवेदन मागेको र झण्डै २ सय जनाले आवेदन भरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । 

चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ । तर फारम भरेकाहरूलाई कहिले नेपाल ल्याउने भन्ने अझै तय भएको छैन । 

काठमाण्डौ उपत्यका बाहिर इलामको पशुपतिनगरमा हेल्प डेक्स राख्ने र अनुगमनका लागि तारानाथ शर्मासहितको टोली खटिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

यसैगरी पोखराको मणिपाल अस्पतालमा आइसोलेसन वार्ड राखिएको छ । कर्णाली प्रदेश सरकारलाई नाकामा सावधानी अपनाउन र तयारी अवस्था रहन भनिएको छ । 

कोरोना भाईरस लागेमा रुघा लाग्ने, उच्च ज्वरो आउने, कतिपयलाई निमोनिया हुने जस्ता लक्षणहरु देखिन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया