हिमाल आरोहणका लागि नौ सय ४५ जनाकाे अनुमति

 वैशाख २१, २०८१ शुक्रबार १८:२६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वसन्तयाममा सगरमाथासहित नेपालका हिमाल आरोहणका लागि आजसम्ममा नौ सय ४५ जनाले अनुमति लिएका छन् । ३० वटा हिमाल आरोहणका लागि एक सय ९८ जना महिला सहित नौ सय ४५ जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि चार सय तीन जनाले अनुमति लिएका छन् । आरोहण अनुमती लिनेबाट सरकारले ६५ करोड ५३ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी सङ्कलन गरेको छ । सबैभन्दा धेरै सगरमाथा आरोहीबाट मात्रै ५७ करोड ६१ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

अनुमति लिएका साना हिमालहरुले आरोहण शुरु भइसकेको छ । सगरमाथामा भने चौथो शिविर भन्दा माथी बाटो बनाउने काम भइरहेको र यहि .महिनाको अन्त्यबाट आरोहण शुरु हुने विभागले जनाएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया