आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारदेखि ११औँ चरणका खेलहरु सुरु हुँदैछ ।
बिहीबार हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्दैछन् । यी दुवै खेल सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा हुनेछ ।
बिहीबारकाे खेल चार वटै क्लबका लागि निकै महत्वपूर्ण छ । लिग उपाधि नजिक पुगेका आर्मी र मच्छिन्द्रका लागि जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण रेलिगेशनबाट जोगिन प्रयासरत सरस्वती र एपीएफलाई पनि छ ।
मच्छिन्द्र सरस्वतीलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । मच्छिन्द्रलाई हराएमा सरस्वतीको रेलिगेशनबाट जोगिने आश कायमै रहनेछ ।सरस्वतीले अङ्क खोस्न सफल भएमा मच्छिन्द्रकाे लिग जित्ने अभियानमा धक्का लाग्नेछ ।
मच्छिन्द्र २२ अङ्क बनाउँदै लिगको दोस्रो स्थानमा छ । चार अङ्कसहित लिगको पुछारमा रहेको सरस्वतीलाई रेलिगेशनबाट जोगिनका लागि मच्छिन्द्रलाई टक्कर दिनु जरुरी छ ।
आर्मीको अवस्था पनि उस्तै छ । यदी एपीएफसँग बराबरी वा पराजित भएको खण्डमा मच्छिन्द्र अघि बढ्न सक्नेछ । आर्मीको पहिलो उपाधि जित्ने अभियानमा बाधा पुग्न सक्नेछ ।
एपीएफ भने पाँच अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । बिहीबारकाे खेलमा आर्मीलाई हराएको खण्डमा एपीएफको रेलिगेशनको खतरा न्यून हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।