आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ६–१ गाेल अन्तरले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बिहीबार सम्पन्न खेलमा मच्छिन्द्रलाई जित दिलाउन दीपक राइले दुई गोल गरे भने विशाल राई, देवेन्द्र तामाङ,एडिलाजा सोमिडे र आन्द्रेस नियाले एक–एक गोल गरे ।
८७औँ मिनेटमा सरस्वतीका लागि कजिम बुसारीले सान्त्वना गाेल गरे । जितसँगै मच्छिन्द्रले ११ खेलबाट २५ अङ्क बनाएको छ । लिगमा सरस्वतीको यो नवौँ हार हो । सरस्वती ४ अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।
बिहीबार नै भएकाे दाेस्राे खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई दुई–एक गाेल अन्तरले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लिएको छ ।
आर्मीको जितमा सन्तोष तामाङले दुई गोल गरे । खेलको १५औँ मिनेटमा आर्मीका भरत खवासलाई एपीएफका डिफेन्डरले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सन्तोषले गाेलमा परिणत गरे ।
एपीएफका आशिष लामाले खेलको ३७औँ मिनेटमा गोल गर्दै खेललाई एक–एकको बराबरीमा पुर्याएका थिए तर पहिलो हाफ सकिनुअघि खेलको ४१औँ मिनेटमा आर्मीका लागि फेरि सन्तोषले नै गोल गरे । सन्तोषले फ्री किकमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा दुई–एकले पछि परेको एपीएफ दोस्रो हाफपछि पनि सङ्घर्षरत रह्यो । खेलको ४६औँ मिनेटमा आर्मीका जर्ज प्रिन्सको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६०औँ मिनेटमा एपीएफले पाएको राम्रो मौकालाई नवीन लामाले सदुपयोग गर्न सकेनन् ।
यससँगै त्रिभुवन आर्मी क्लब ११ खेलबाट २६ अङ्क बटुल्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको केही घण्टामा नै आर्मी फेरि शीर्ष स्थानमा पुगेकाे हाे ।
ए डिभिजन लिगमा आर्मीकाे याे आठौँ जित हो भने एपीएफको आठौँ हार हो । एपीएफ ११ खेलबाट ५ अङ्कसहित तालिकाको १३औँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।