ए डिभिजन लिग : दुई खेल हुँदै, शीर्ष ६ मा अटाउन र 'रेलिगेशन जाेन' बाट बच्न दबाब

 माघ २४, २०७६ शुक्रबार १०:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेल हुँदैछ ।

पहिलाे खेलमा थ्री स्टार क्लब र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् । दाेस्राे खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्दैछन् । 

सातदोबाटोमा हुने थ्री स्टार र सङ्कटाबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । उपाधि होडबाट बाहिरिसकेको थ्री स्टारको अबको लक्ष्य भनेको शीर्ष ६ मा रहनु हो । अहिले १७ अङ्कसहित चौथो स्थानमा रहेको थ्री स्टार तेस्रो स्थानसम्म पुग्न सक्नेछ । याे खेलमा जित हात पारेको खण्डमा थ्री स्टार तेस्रो स्थानमा उक्लिनेछ ।

गएकाे वर्षको उपविजेता सङ्कटा भने सातौँ स्थानमा छ । सङ्कटालाई शीर्ष ६ मा रहनका लागि थ्री स्टारविरुद्धको जित आवश्यक छ । उसले यसअघिको संस्करणमा थ्री स्टारलाई दुई–शून्यले हराएको थियो ।

शुक्रबार नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्दैछन् । नेपाल पुलिस क्लब १४ अङ्कसहित आठौँ स्थानमा छ । ब्रिगेड ब्वाइजलाई हराएमा पुलिसको 'सुपर सिक्स' भित्र रहेर लिग समाप्त गर्ने सम्भावना बढ्नेछ ।

ब्रिगेड ब्वाइजको भने रेलिगेशनको खतरा अझै टरेको छैन । अहिले ब्रिगेड आठ अङ्कसहित ११औँ स्थानमा छ । पुलिससँग अङ्क खोस्न नसकेमा ब्रिगेड ब्वाइजको रेलिगेशनको सम्भावना बढ्नेछ ।

अहिले एपीएफ र सरस्वती रेलिगेशन जोनमा भए पनि ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबलाई पनि रेलिगेशनको दबाब छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया