विश्वकप २०२२ का लागि टर्कीका सुरक्षाकर्मी कतारमा

 माघ २४, २०७६ शुक्रबार १४:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कतारले सन् २०२२ मा आयोजना हुने ‘फिफा विश्वकप २०२२’ लाई सुरक्षित वातावरणमा सम्पन्न गर्न टर्कीबाट सुरक्षाकर्मी ल्याउने भएकाे छ । कतारका वितरण समितिका महासचिव अल थवाडीले विश्वकपलाई सुरक्षित बनाउन आफूहरुले टर्कीसँग सुरक्षाकर्मीको बारेमा वार्ता गरेको बताएका हुन् । 

सन् २०२२ मा कतारमा विश्वकप हेर्न आउने दर्शकको सुरक्षालाई मध्यनजर गर्दै कतारले छिमेकी राष्ट्रहरुबाट सुरक्षाकर्मी ल्याउन लागेएको बताइएको छ । ‘हामी फिफा विश्वकप २०२२ लाई सुरक्षित ढङ्गबाट सम्पन्न गर्न चाहन्छौँ, हामी हरेक दर्शकको सुरक्षा चहान्छौँ’, अल थवाडीले भने ।

फिफा विश्वकपमा टर्कीका सुरक्षाकर्मी ल्याउने विषयमा टर्की र कतारबीच सम्झौता हुन लागेकाे सञ्चारमाध्यमले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया