आइसीसी विश्वकप क्रिकेट लिग टू : नेपाल र अमेरिका पहिलो जीतको खोजीमा

 माघ २५, २०७६ शनिबार ८:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजेपछि त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ । 

शरद भेषवाकर घाइते भएपछि उनको ठाउँमा सुवास खकुरेलले खेल्ने सम्भावना छ । यससँगै शनिबार सुवास र ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने सम्भावना धेरै छ । ओमनसँगको खेलमा ज्ञानेन्द्रले पारस खड्कासँग ओपनिङ गरेका थिए । तर दुवै ओपनरले राम्रो खेल्न नसक्दा नेपाल सुरुदेखि नै दबाबमा परेको थियो ।

प्रतियोगितामा नेपाल र अमेरिका दबै ओमानसँग पराजित भएका छन् । अमेरिका सन २०१० पछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएको हो । २०१२ मा भएको नेपाल र अमेरिकाले डिभिजन चारमा खेलेका थिए । जसमा नेपाल विजेता बन्दा अमेरिका दोस्रो भएको थियो । यस्तै, २०१३ मा डिभिजन थ्रीमा खेल्दा नेपाल च्याम्पियन भएर डिभिजन दुई मा उक्लियो ।

अमेरिका भने डिभिजन तीनमा नै रह्यो । अमेरिकी टिममा यसपटक अष्ट्रेलिया, इङ्ग्ल्याण्ड, वेष्ट इण्डिजका खेलाडी धेरै छन् । उसले अहिलेसम्म खेलेका आठ खेलमा अमेरिकाका मुख्यगरि आरोन जोन्स र मोना‌ङ्क पटेलको प्रदर्शन उत्कृष्ट रहेको छ । प्रतियोगितामा धेरै रन बनाउने खेलाडीको सूचीमा जोन्स दोस्रो र पटेल आठौं स्थानमा छन ।

५० ओभरमा सन् २००८ देखिका प्रतिद्वन्द्वी नेपाल र अमेरिकाको हेड टु हेड :

डिभिजन ५, सन २००८
दुई खेल नतिजाविहीन
तेस्रो खेलमा नेपाल ९६ रनले विजयी

डिभिजन ५, सन् २०१०
अमेरिका ५ विकेटले विजयी (दर्शकको अवरोध)
यहि प्रतियोगिताको फाइनल
नेपाल ५ विकेटले विजयी

डिभिजन ४, सन् २०१२
नेपाल ३२ रनले विजयी
यहि प्रतियोगिताको फाइनल
नेपाल ८ विकेटले विजयी

डिभिजन ३, सन् २०१३
अमेरिका ९४ रनले विजयी

डिभिजन ३, सन् २०१४
बर्षाले नतिजाविहीन
यहि प्रतियोगिताको अर्को खेलमा नेपाल १० रनले विजयी ।। 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया