नेपाललाई अर्को झट्का : दिपेन्द्र शुन्य मै आउट

 माघ २५, २०७६ शनिबार १०:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइसीसी विश्वकप क्रिकेट लिग टू मा अमेरिकासँग खेलिरहेको नेपाललाई अर्को झट्का लागेको छ । नेपालले १७ औ‌ ओभरमा दिपेन्द्रसि‌ह ऐरीको विकेट गुमाएको हो । २ बलको सामना गरेका उनी शुन्य रनमा आउट भए । 

१७ ओभरको खेल सकिँदा नेपालले ४७ रन बनाउन ३ विकेट गुमाएको छ । १५ औ ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए । 

क्रिजमा पारस खड्का र आरिफ शेख छन् । कीर्तिपुर मैदानमा टस जितेर अमेरिकाले पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । आज शरद भेषावकर र रोहित पौडेल टीममा छैनन् । शरदको ठाउँमा सुवास खकुरेल र रोहितको ठाउँमा कुशल मल्लले मौका पाएका छन् । 

यसअघि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए । ३९ बल खेलेका ज्ञानेन्द्रले ४ चौका प्रहार गरेका थिए । यसअघि अर्का ओपनर सुवास खकुरेल ३ रनमा आउट भएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया