नेपाल लगातारजसो विकेट गुमाउँदै : पारस १९ रनमा आउट

 माघ २५, २०७६ शनिबार ११:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइसीसी विश्वकप क्रिकेट लिग टू मा अमेरिकासँग खेलिरहेको नेपाल लगातारजसो विकेट गुमाइरहेको छ ।

नेपालले ३.१ ओभरमा पहिलो विकेटको रुपमा सुवास खकुरेललाई गुमाएको नेपालले १४ औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल गुमायाे । त्यसपछि नेपालले १७ औं ओभरमा दिपेन्द्रसिंह ऐरी र १८ औं ओभरमा पारस खड्काको विकेट गुमाएको हो । 

पारस १९ रनमा आउट भए । ५२ बल सामना गरेका पारसले २ चौकाको मद्दतमा १९ रन बनाएका थिए । ६ रन बनाउँदा सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले ४६ रनमा दोश्रो तथा ४७ रनमा तेश्रो र चौथो विकेट गुमाएको हो । क्रिजमा आरिफ शेख र कुशल मल्ल छन् । 

१९ ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर ४८ रन बनाएको छ । कीर्तिपुर मैदानमा टस जितेर अमेरिकाले पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । आज शरद भेषावकर र रोहित पौडेल टीममा छैनन् ।

शरदको ठाउँमा सुवास खकुरेल र रोहितको ठाउँमा कुशल मल्लले मौका पाएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया