भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
भारतीय अभिनेत्री तापसी पन्नु अभिनित फिल्म ‘थप्पड’ यही फेब्रुअरी २८ मा रिलिज हुँदैछ । अनुभव सिन्हाको निर्देशन रहेको यस फिल्ममा अमृता (तापसी पन्नु) नामकी महिला पात्रको कहानी रहेको छ ।
तिनै अमृतालाई उनका श्रीमानले मानिसहरुले भरिपूर्ण एक पार्टीमा सबैका अगाडि थप्पड हानेपछि उनी सम्बन्ध बिच्छेद गर्न चाहन्छिन् । यस फिल्मकी मुख्य अभिनेत्री तापसी पन्नुले यस फिल्मको विषयमा मिडियासँग कुराकानी गरेकी छिन् । तापसीका अनुसार उनलाई यस फिल्मका लागि कसैले अफर गरेको होइन । किनकि उनी स्वयम लामो समयदेखि नै यस किसिमको फिल्ममा काम गर्न चाहन्थिन् ।
उनले यस विषयमा भनिन्, ‘मलाई याे विषयमा आधारित फिल्ममा काम गर्न मन थियो । मैले फिल्म ‘मुल्क’ को प्रमोशनको क्रममा सर (निर्देशक अनुभव सिन्हा)सँग आफ्नो इच्छा व्यक्त गरेकी थिए । मैले उहाँलाई कसैले यस्ताे फिल्म बनाउने तयारी गरिरहेको भए मलाई खबर गर्न भनेकी थिएँ ।
पन्नुकाे जवाफमा सिन्हाले आफ्नाे दिमागमा स्टोरीको आइडिया भएकाे र त्यसलाई पूर्णरुपमा स्क्रिप्टमा परिणत गरेर मलाई उनलाई हुनेछ । फिल्म ‘आर्टिकल १५’ पूरा गरेलगत्तै सिन्हाले पन्नुलाई ‘थप्पड’ को स्क्रिप्ट दिए।’
तापसीले फिल्म थप्पडको बारेमा भनेकी छिन्, ‘प्रेममा थप्पड लगाउने विषयलाई मानिसहरु सामान्य मान्ने गर्छन । यस विषयमा भन्छन्, मायामा कहिलेकाहीँ हानथाप भइरहन्छ । तर म यस किसिमको मायालाई बुझ्न सक्दिन । जसले कसैलाई शारीरिक रुपमा हानी पुर्याउन सक्छ भने त्यो कस्तो माया ? सम्मान बिनाको माया कस्तो हुन्छ ? यो म बुझ्न सक्दिन।’
तापसीका अनुसार उनी सकैलाई थप्पड लगाउन सक्दिनन् । किननी उनले बाल्यकाल देखि नै थप्पड खानु परेको छैन । उनी भन्छिन्, ‘मेरा आमा बुवाले मलाई कहिल्यै पिट्नु भएन । त्यसैले मलाई कसैलाई थप्पड लगाउने कुरा सामान्य लाग्दैन । मलाई लाग्छ यि सब कुरा बाल्यवस्था देखि नै आउँछन् । आमा बुवा वा शिक्षकले यदि कुनै बालकलाई पिटेको खण्डमा उसलाई लाग्छ की उनीहरुले उसको राम्रोको लागि पिटिरहेका छन । तर थप्पड हान्नु सामान्य कुरा होइन।’
तापसीको फिल्म ‘थप्पड’को ट्रेलर रिलिज भएसँगै यस फिल्मको प्रशंशा भइरहेको छ । यसका साथै केही समय अघि रिलिज भएको अभिनेता शाहिद कपूरको फिल्म ‘कविर सिंह’ को जवाफको रुपमा पनि यस फिल्मको चर्चा भइरहेको छ ।
फिल्ममा शाहिदले अभिनेत्रीलाई थप्पड हान्ने कुरालाई त्यस फिल्ममा सामान्य देखाइएको थियो । फिल्म सुपरहिट पनि भयो तर अधिकारकर्मीले भने फिल्मको आलोचना गरेका थिए । तर अहिले त्यस फिल्मको जवाफको रुपमा आफ्नो फिल्मलाई जोडेपछि तापसीले आफ्नो फिल्म थप्पड’ को स्क्रिप्ट शाहिदको फिल्म अघि नै तयार भइसकेको हुनाले यसलाई ‘कविर सिंह’ को जवाफको रुपमा नहेरिदिन बताएकी छिन ।
साथै उनले ‘कविर सिंह’ जस्तो फिल्ममा आफु काम नगर्ने बताएकी छिन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।