कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्यो, ४२ हजारभन्दा बढी सङ्क्रमित

 माघ २८, २०७६ मंगलबार ६:४७:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ ।

गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् । यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएकाे छ ।

भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा मात्रै नाै सय ७४ जनाको ज्यान गएको छ भने ३१ हजार सात सय २८ जनामा सङ्क्रमण देखिएकाे छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोली साेमबार चीन पुगेको छ । अन्तराष्ट्रियस्तरका विज्ञहरुसहितको टोलीले मङ्गलबारदेखि उपचार, रोकथामका उपायहरुको काम थाल्ने सीएनएनले जनाएको छ । 

त्यस्तै तीन हजार नौ सय ९६ जना उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको चीनले दाबी गरेको छ । 

ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको बताइएको छ  ।

हुबेईको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ, आइतबार सङ्क्रमण हुनेको सङ्ख्या दुई हजार ६ सय १८ रहेको थियो । 

चीनले सन् २००२–०३ को सार्स भाइरसको महामारीपछि अहिले कोरोना भाइरसका कारण स्वास्थ्य सङ्कट ब्यहोरिरहेको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया