अब मल र विषादी छर्न ड्रोन

 फागुन ११, २०७६ आइतबार ९:३१:५२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ ।

प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि सुरु भएको प्रदेश एक्स्पोमा राखेको छ ।

आधुनिक शैलीबाट खेती गर्न ड्राेन भित्र्याइएको प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती गिरीले जानकारी दिनुभयो । 'हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ', उहाँले भन्नुभयो ।

यसले किसानलाई धेरै सहजता ल्याउने मन्त्री गिरीले विश्वास व्यक्त गर्नुभएकाे छ । ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पुर्‍याउने याेजना बनाएकाे मन्त्रालयले जनाएको छ ।

एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया