छाउ भएको बेला भान्सा मै बस्न दिने पुजारी

 फागुन ११, २०७६ आइतबार १६:२५:४४ | उज्यालो सहकर्मी

कुइँकेलदेवी भगवती मन्दिरका पुजारी रंगप्रसाद उपाध्याय छाउपडीलाई घरभित्रै राख्ने गाउँकै पहिलो व्यक्ति हुनुहुन्छ । आजभन्दा १३ वर्ष पहिले उहाँले छाउगोठमा बसेकी बुहारीलाई घरभित्र राख्नुभयो ।

भान्छामा छाउपडी ल्याउँदा रंगप्रसादको मनले मानेकै थिएन । भान्छामा ल्याउनुभन्दा पहिले रंगप्रसादले देवतालाई चामलको दाना छुट्याएर प्रार्थना गर्नुभयो । ‘हे भगवान, मैले मेरो नातिनीलाई जोगाउन यो पाप गर्दै छु । गोठको चिसोमा बस्दा नातिनीको ज्यान खतरामा हुनेछ । त्यसैले यो मेरो बाध्यता हो ।’ यसमा आफूलाई कुनै दोष नहोस् भन्दै देवतालाई उहाँले भेटी चढाउनुभयो ।

तीन दिनको छाउ भएकी बुहारी ५ दिनसम्म तातो गरेर भान्छामै बस्नुभयो । तुलसी भान्छामा बस्दा छोरीलाई सञ्चो भयो । डरैडरले बुहारीलाई घरभित्र राखेको कुरा रंगप्रसादले गोप्य राख्नुभयो ।

एक महिनासम्म पनि परिवारमा कुनै अनिष्ट नभएपछि रंगप्रसादले अर्कोपटक पनि छोरीबुहारीलाई घरकै एक कोठामा राख्न थाल्नुभयो । छाउपडी गोठलाई भत्काएर शौचालय बनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया