सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म इरानमा ५४ जनाले ज्यान गुमाएका छन् । इरानकाे राजधानी तेहरान र सुरूमा भाइरस देखा परेकाे कुम सहर काेराेना भाइरसकाे उच्च प्रभाव परेकाे अधिकारीहरुले बताएका छन् ।
इरानकाे स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सङ्ख्याभन्दा यो छ गुणा बढी रहेकाे बताएको छ । शुुक्रबार सरकारी अधिकारीहरुले कोरोना भाइरसबाट ३४ जनाको ज्यान गएको जानकारी दिएका थिए ।
यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए । अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव गरेकाे शुक्रबार एउटा संसदीय समितिलाई बताउनु भएकाे थियाे ।
इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताउनुभएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए । अहिलेसम्म विश्वमा ८३,००० जनाभन्दा बढीमा काेराेना भाइरस सङ्क्रमण भएकाे पुष्टि भैसकेकाे छ ।
इरानी अधिकारीहरूले भाइरस नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।
शनिबारबाट देशभरका विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।