भारतको मेघालयमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा २ जनाको ज्यान गयो, शिलोङ शहरमा कर्फ्यु

 फागुन १८, २०७६ आइतबार ९:१७:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको उत्तर–पूर्वी प्रान्त मेघालयको पूर्वी खासी हिल्समा नागरिकता संशोधन कानुन (सीएए) को विरोधमा भएको प्रदर्शनमा झडप हुँदा दुई जनाको ज्यान गएको छ । 

झडपमा दुई जनाको ज्यान गएपछि शिलोङ शहरमा कर्फ्यु लगाइएको छ तथा इन्टरनेट सेवा पनि बन्द गरिएको छ । 

शनिबार बिहान शिलोङको ठूलो बजार क्षेत्रमा खासी छात्र सङ्घ (केएसयू) का सदस्य र गैरआदिवासी समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउने मध्ये एक जनाको खासी सङ्घका  नेताको रुपमा पहिचान भएको छ । 

नागरिकता संशोधन कानुन र इनर लाइन परमिट (आईएलपी) को मुद्दालाई लिएर निकालिएको एक जुलुसका क्रममा झडप भएको हो । 

झडपको क्रममा चाक्कु प्रहार हुँदा कम्तीमा ६ जना घाइते भएका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ ।  

हिंसा भड्किएको दिल्लीको अवस्था भने सामान्य बन्दै गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । सुरक्षाबलकाे कडा निगरानीसँगै दिल्लीको अवस्था सामान्य बन्दै गएको हो ।

आइतबार बिहान कतै पनि हिंसाका घटना नभएकाे बताइएकाे छ । नागरिकता विधेयक संसोधनलाई लिएर उत्पन्न भएको विवादपछि हिंसा भड्किँदा दिल्लीमा मात्रै ४२ जनाकाे ज्यान गएकाे छ । आठ सय ८५ जनालाई पक्राउ गरिएकाे भारतीय प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया