भारतकाे दिल्ली र तेलङ्गनामा भेटिए काेराेना सङ्क्रमित

 फागुन १९, २०७६ सोमबार १६:५९:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनको वुहान शहरबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरस फैलिन क्रम रोकिएको छैन । 

भारतमा सोमबार कोरोना भाइरसको दुई नयाँ सङ्क्रमणको पुष्टि भएको छ । भारत सरकारले कोरोना भाइरसबाट अन्य दुई जना सङ्क्रमित भएको पुष्टि गरेको हो । एक जना नयाँ दिल्ली र अर्को तेलङ्गनामा कोरोना सङ्क्रमित भेटिएको हाे । 

यी दुई जनाकै अवस्था स्थिर रहेको बताइएको छ । दिल्ली र तेलङ्गनामा कोरोना भाइरसको पहिलो सङ्क्रमण देखिएको हो । 

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच भएको छ । यसअघि तीन जनामा काेराेना देखिएकाेमा उनीहरु उपचारपछि घर फर्किसकेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीको आरएमएल अस्पतालमा भर्ना गरिएका उनीहरु इटलीबाट फर्किएका थिए । भारतमा पहिलाे पटक केरलाकी एक महिलामा काेराेना देखिएकाे थियाे । 

स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले नागरिकहरुलाई चीन इरान दक्षिण काेरिया र सिङ्गापुर र इटलीकाे यात्रा नगर्न सचेत गराएका छन । महामारीकाे प्रभावलाई ध्यानमा राख्दै उनले अन्य देशकाे यात्रामा पनि प्रतिबन्ध लगाउन सक्ने जनाएका छन् ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया