कोरोना भाइरसविरुद्ध लड्न विश्व स्वास्थ्य सङ्गठन 'टिकटक'मा

 फागुन १९, २०७६ सोमबार १७:५०:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी गलत सूचनालाई कम गराउने उद्देश्यसहित टिकटक अकाउन्ट सुरु गरेको छ । काेराेनासम्बन्धी गलत सूचना अनलाइनमार्फत कम गराउन र सन्देशात्मक सूचना प्रभाव गर्ने उद्देश्यले गएकाे फागुन १६ गते शुक्रबारदेखि टिकटक अकाउन्ट सुरू गरेको हो । 

सङ्गठनले सार्वजनिक गरेको पहिलो टिकटक भिडियोमा विश्वसनीय र समयमै सावधानी अपनाउनुपर्ने सार्वजनिक स्वास्थ्य सल्लाह प्रदान गर्न टिकटकमा आएकाे बताइएको छ । कोभिड–१९ भाइरसबाट जोगिने उपायहरूको वर्णन गर्दै थप जानकारीको लागि सङ्गठनको वेबसाइटमा जान निर्देशन दिइएकाे छ । 

टिकटकको दोस्रो भिडियोमा कोरोना भाइरसबाट बच्न कहिले र कसरी मास्क (मुखावरण) लगाउनुपर्दछ भन्ने विषयलाई देखाइएकाे छ । हस्पिटलका काम गर्ने, हेरचाह गर्नेहरू र भाइरसको लक्षण हुने व्यक्तिले सफा मास्क प्रयोग गर्न र प्रयोग गरेपछि हात धुनुपर्ने सन्देशका साथ भिडियो हालिएको छ ।

टिकटकमा गएकाे केही हप्तादेखि कोरोना भाइरसको बारेमा 'मिम्स' र व्यङ्ग्य बढी आएको र केही टिकटक प्रयोगकर्ताहरूले सङ्क्रमित भएको नाटक गर्दै खेलबाड गरेको पाइएपछि जनचेतनाको लागि विश्व स्वास्थ्य सङ्गठनले याे कदम चालेको हो । अनलाइनमा प्रयोगकर्तालाई कोरोना भाइरससम्बन्धी सही जानकारी प्रदान गर्न विश्व स्वास्थ्य सङ्गठनले आफ्नो काम र दायित्व निर्वाह गर्दै टिकटक खाता खोलेको हो। 

एमआईटी टेक्नोलोजीको समीक्षाका अनुसार विश्व स्वास्थ्य सङ्गठन र रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूले फेसबुक, ट्विटर, टेन्सेन्ट र टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरससम्बन्धी भ्रम र गलत सूचना कम फैलाउन दुई हप्तादेखि निरन्तर लागिपरेका बताएको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसबाट विश्वलाई जोगाउन र सही कदम चाल्नको लागि आफ्नो इन्स्टाग्राको माध्यमबाट लगातार पोस्ट गरिरहेको छ ।सङ्गठनको इन्स्टाग्राम फिड भाइरसको रोकथाम र सावधानीको इन्फोग्राफिक्सले भरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले दिएको कोरोना भाइरसको सूचनाको बारेमा गुगलमा धेरैले खोजिरहको पाइएको छ । फेसबुक प्रयोगकर्ताहरूले समाचार फिडहरूमा स्क्रोल गर्दै भाइरसको बारेमा सन्देश खोजिरहेका छन् ।

प्रयाेगकर्ताहरुलाई सम्बन्धित जानकारीको लागि सरकारी वेबसाइटमा जान निर्देशन गरिएको छ । टिकटकले भाइरससम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताहरूको लागि विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटको लिङ्क राखिदिएको छ । याे समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य सङ्गठनको टिकटक खातामा एक लाख ५५ हजारभन्दा बढी फलोवर्स छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया