कोरोनाको कारण इराकमा पहिलो व्यक्तिको ज्यान गयो, ५१ हजार बढी उपचारपछि घर फर्किए

 फागुन २१, २०७६ बुधबार १८:२५:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनको वुहान शहरबाट फैलन सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय नाघेको छ । 

यसैबीच इराकमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको छ । बुधबार ७० वर्षीय एक व्यक्तिको ज्यान गएको इराकले आफ्नो आधिकारिक बयानमा बताएको छ । इराकमा सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ । 

कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९४ हजार एक सय ७५ पुगिसकेको छ । त्यस्तै ५१ हजार बढी उपचारपछि घर फर्किएका छन् । ८० भन्दा बढी देशमा कोरोनाको सङ्क्रमण देखिइसकेको छ । 

चीनमा ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गए पनि चीनबाहिर भने यसको सङ्क्रमण फैलिरहेको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ९२ जनाको ज्यान गएको छ भने दुई हजार ९ सय २२ जनामा सङ्क्रमण पाइएको छ । 

कोरोनाको कारण इटलीमा ७९ जनाको ज्यान गइसकेको छ  । इटलीमा सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पुगेको छ । त्यस्तै दक्षिण कोरियामा ३३ जनाको ज्यान गएको छ भने पाँच हजार ६ सयभन्दा बढी सङ्क्रमित पाइएको छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया