धनकुटामा बस दुर्घटना, २३ जना घाइते

 फागुन २३, २०७६ शुक्रबार १८:३२:२६ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - कोशी राजमार्ग अर्न्तगत धनकुटाको साँगुरीगढी गाउँपालिका-६, कार्कीछाप नजिक शुक्रबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बस अचानक अनियन्त्रित भइ सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै जनाको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

घाइतेहरुको टाउको र शरीरका विभिन्न भागमा सामान्य चोटपटक लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका दिपक खड्काले बताउनुभयाे । बस चालक साँगुरीगढी गाउँपालिका-१ का २५ वर्षीय प्रदिप लिम्बूलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

बस सडकमा पल्टिएर अवरुद्ध सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा भैरहेकाे छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया