काेराेना भाइरस : क्वारेन्टाइनका लागि प्रयाेग गरिएकाे हाेटल भत्किँदा चीनमा ६ जनाकाे ज्यान गयाे

 फागुन २५, २०७६ आइतबार १३:२९:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसको परीक्षण गर्न क्वारेन्टाइनका लागि प्रयोग गरिएको होटल भत्किँदा ६ जनाको ज्यान गएको छ । 

होटल भत्किँदा अन्य २८ जना सम्पर्कविहिन भएका छन् । ३८ जनाको भने उद्धार गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । फुजियानको दक्षिणी प्रान्तको ग्वान्झावोमा रहेको पाँच तले होटल भत्किएको हो । 

यो होटलमा कोरोना सङ्क्रमितसँगको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राख्ने गरिएको थियो । अहिले पनि हराइरहेकाहरुको खोजी तथा उद्धारको काम भइरहेको बीबीसीले जनाएको छ ।

भवन भत्कनुको कारण खुलेको छैन । ग्वान्झावोमा अहिलेसम्म ४७ जनामा कोरोनाको पुष्टि भएको छ । ८० कोठाको होटल सन् २०१८ मा खोलिएको हो । 

फुजियान प्रान्तमा दुई सय ९६ जनालाई कोरोना भएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका १० हजार ८ सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ । 

अरु देशमा कोरोना भाइरस फैलिएपछि चीनमा कोरोनाका कारण ज्यान गुमाउनेसँगै सङ्क्रमित हुनेको सङख्या घट्दै गएको छ । गएको २४ घण्टामा चीनमा ४५ जना नयाँ बिरामी भेटिएका छन् भने २७ जनाको ज्यान गएको छ । 

चीनमा अहिलेसम्म ८० हजार ६ सय ९६ जना सङ्क्रमित भएकामा ५७ हजार एक सय ६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । २० हजार ४ सय ९३ अहिले पनि उपचाररत छन् भने ३ हजार ९७ जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया