हलिवुडका चर्चित निर्माता हार्वी वाइनस्टीनलाई २३ वर्षकाे कैद सजाय, 'मि–टु' का सदस्यद्वारा स्वागत

 फागुन २९, २०७६ बिहिबार ६:४६:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको एक अदालतले बलात्कार र यौन हिंसाको मुद्दामा हलिवुडका चर्चित निर्माता हार्वी वाइनस्टीनलाई २३ वर्षको कैद सजाय सुनाएको छ ।

बलात्कार र यौन हिंसाको मुद्दामा गएको महिना अदालतबाट दोषी ठहर भएका ६७ वर्षीय हार्वी वाइनस्टीनमाथि सन् २००६ र २०१३ मा गम्भीर यौन दुर्व्यवहारको मुद्दा दर्ता हुनुको साथै अरु थुप्रै यौन दुर्व्यवहारका आरोप लागेका थिए ।

वाइन्टीनका वकिलले उमेर र चलचित्र उद्योगमा उनकाे योगदानलाई कदर गर्दै सजाय घटाउनुपर्ने माग गरे पनि विपक्षका वकिलले अदालतकाे सजाय उनले अरूलाई गरेको शोषणको सही जवाफ भएको तर्क गरेका छन् ।

कुनै समय हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति मानिने वाइनस्टीन बुधबार ह्वीलचेयरमा अदालतमा उपस्थित भएका थिए । अदालतको फैसलालाई विश्वव्यापी महिला आन्दोलन 'मि–टु' का सदस्यले स्वागत गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया