बाँकेमा करेन्ट लागेर विद्यार्थीको ज्यान गयाे

 फागुन ३०, २०७६ शुक्रबार १७:१६:५३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्जमा एउटा विद्यालयको परिसरभित्र करेन्ट लागेर शुक्रबार एक विद्यार्थीको ज्यान गएको छ ।

नेपालगञ्जमा रहेकाे ब्रिटिश इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने १४ वर्षीय भरत कँडेलको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

विद्यालयमा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि राखिएकाे बिदाई कार्यक्रमकाे तयारी भइरहदा कँडेलको ज्यान गएको हो । शुक्रबार नेपालगञ्जमा पानी परिरहेकाे र तयारीका क्रममा कँडेल चिप्लिएका कारण नजिकैकाे रहेको फलामको पाइप समात्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया