सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ ।
बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले एक लाख ६८ हजार मास्कसहित ६ जनालाई पक्राउ गरेर सतुङ्गलमा रहेको गोदाम सिल गरेकाे जानकारी दिनुभयाे ।
सिल गरिएको गोदामबाट आइतबार र साेमबारसमेत गरी झण्डै १० लाख थान मास्क बरामद गरिएको डीएसपी बोगटीले बताउनुभयो ।
मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाइने डीएसपी बोगटीकाे भनाइ छ ।
प्रहरीले शनिबार काठमाण्डौको डल्लुबाट ७८ हजार मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।