मन्त्री अर्यालद्वारा असिना पानीले पुर्‍याएकाे क्षतिकाे स्थलगत निरीक्षण, विचलित नहुन आग्रह

 चैत ३, २०७६ सोमबार १४:२५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले स्याङ्जाकाे फेदीखोला गाउँपालिकामा असिना पानी चट्याङले पुर्‍याएकाे क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री अर्याल साेमबार फेदीखोला गाउँपालिका ४ काे आरुखर्क र वडा नम्बर २ काे कुडुले भन्ने ठाउँ पुगेर शनिबार राति आएको हावाहुरी चट्याङसहितको असिना पानीले गाउँपालिका क्षेत्रमा पुर्‍याएकाे क्षतिकाे निरीक्षण गर्नुभएको हो । 

उहाँले प्राकृतिक विपत्तिबाट ठूलो क्षति भएकाे र क्षतिबाट निराश नभएर फेरि पनि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न आग्रह गर्नुभएको छ । 'तपाईँहरु कृषि क्षेत्रमा ऊर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रशंसा गर्छु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्‍याएकाे छ, मन्त्री अर्यालले भन्नुभयो, 'यस क्षतिबाट तपाईँहरु कत्ति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस् । राज्यले तपाईँहरुलाई सहयोग गर्छ ।' 

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्याङ्कन गरेर विवरण पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गर्नुभएको छ । सबै विवरण आइसकेपछि सङ्घ, प्रदेश र पालिका मिलेर उचित क्षतिपूर्ति दिने मन्त्री अर्यालले प्रतिबद्धता दिनुभयो ।   
गएकाे शनिबार राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अविरल रुपमा परेको असिना पानीले वडा नम्बर १, २, ३, ४, ५, ९ मा क्षति पुर्‍याएकाे छ । असिना पानीका कारण १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ । वडा नम्बर ४ मा सबैभन्दा बढी क्षति भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ । १/२ वटा घरमा चट्याङ परे नि क्षति भने भएको छैन ।  

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया