काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै दिल्लीमा एकै ठाउँमा ५० जनाभन्दा बढी उपस्थित हुन रोक लगाइएको छ ।
सोमबार मुख्यमन्त्री अरविन्द केजरीवालले सबै जिल्लाका अधिकारीहरुसँगको बैठक यस्तो घोषणा गरेका हुन् । कुनै धार्मिक, राजनीतिक वा सामाजिक प्रदर्शनमा पनि ५० भन्दा बढी उपस्थित हुन नसक्ने केजरीवालले बताए ।
त्यस्तै शाहीन बाग प्रदर्शनलाई लिएर सोधिएको प्रश्नमा केजारीवालले भने, ‘कुनै पनि किसिमको प्रदर्शनमा कहीँ पनि एकै ठाउँमा ५० भन्दा बढी मानिस उपस्थित हुन पाउँदैनन् ।’
— ANI (@ANI) March 16, 2020
यद्यपि मुख्यमन्त्री केजरीवालले विवाहका लागि भने छुट दिएको बताए । उनले सम्भव भए विवाहको मिति सार्न अपिल गरेका छन् ।
साथै भारतमा दिल्लीको सबै नाइट क्लब, फिल्म हल, जिम र स्पा पनि आउँदाे ३१ मार्चसम्म बन्द रहनेछन् ।
केजरीवालले कोरोनाको सङ्क्रमणबाट बच्न शहरका महत्त्वपूर्ण ठाउँहरुमा हात धुने व्यवस्था गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
भारतमा कोरोनाका कारण दुई जनाको ज्यान गइसकेको छ भने एक सय १० जनामा सङ्क्रमण देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।