धरहराको १० औँ तला ढलान गर्ने तयारी

 चैत ३, २०७६ सोमबार १९:१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पुनर्निर्माणकाे क्रममा रहेकाे धरहराको १० औँ तला ढलानको तयारी भइरहेको छ ।

धरहरा निर्माण गरिरहेको जीआईईटीसी रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यही हप्ता धरहराको १० औँ तलाको ढलान हुने जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले साेमबार धरहरा  र रानीपोखरी पुनर्निर्माणको अवलोकन गर्नुभयो ।  

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताउनुभयो ।

उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिपरिकाे क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ ।  

प्रधानमन्त्रीका सल्लाहकारहरु र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्वनिर्धारित समयमा धरहरा र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया