सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – सशस्त्र द्वन्द्वकाे क्रममा बेपत्ता पारिएका व्यक्तिका बारेमा कुनै जानकारी भए उपलब्ध गराउन बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठन गरिएकाे आयोगले आग्रह गरेको छ ।
विसं २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको बारेमा कुनै पनि जानकारी भए ललितपुरको पुल्चोकमा रहेकाे आयाेगकाे कार्यालयमा जानकारी दिन अनुरोध गरिएकाे छ ।
यसका लागि पैसा तिर्नु नपर्ने फोन नम्बर १६६००१२२१११, आयोगको फोन नम्बर ०१५०१०१९६ र ०१५०१०१७९ मा फोन गर्न अथवा [email protected] वा [email protected] मा इमेल गर्न सकिनेछ ।
सूचना दिने व्यक्तिको नाम गोप्य राखिने आयोगले जनाएको छ । बेपत्ता पारिएका दुई हजार पाँच सय ६ जना व्यक्तिकाे खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।