सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गर्दा बुधबारदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन हुने सम्भावना रहेको छ ।
वर्तमान गभर्नर चिरिञ्जिवी नेपालले मङ्गलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन बन्न लागेको हो । गभर्नर अवकाशको एक महिनाअघि नै नयाँ गभर्नरको टुङ्गो लगाउनुपर्ने भए पनि सरकारले यो पटक अहिलेसम्म गभर्नर नियुक्तको प्रक्रिया नै सुरु गरेको छैन ।
राष्ट्र बैंक ऐनमा नयाँ गभर्नर नियुक्तिको लागि मन्त्रिपरिषद्ले अर्थ मन्त्रीको संयोजकत्वमा एक समिति बनाउने र समितिको सिफारिसका आधारमा सरकारले नियुक्त गर्ने उल्लेख भए पनि अहिलेसम्म समिति नै बन्न सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुँदा मन्त्रिपरिषद्को बैठक नै बस्न नसक्दा समिति गठनमै ढिलाइ हुँदा गभर्नर नियुक्तिको प्रक्रिया नै सुरु नभएको हो । गभर्नरको लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगकका सदस्य मीनबहादुर श्रेष्ठ, पूर्व अर्थसचिव लालशङ्कर घिमिरे, राजन खनाल लगायतको चर्चा रहेको छ ।
चिरिञ्जिवी नेपालले अवकाश पाएपछि मङ्गलबारदेखि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायम मुकायम गभर्नरको रुपमा काम गर्नुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।