सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्य धेरै घट्ने डरले गर्दा पम्पले तेल नल्याउँदा बजारमा अभाव भएको पाइएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो । विभागले मङ्गलबार विभिन्न पम्पहरुको अनुगमन गरेको थियो ।
पम्प सञ्चालकले पेट्रोलियम पदार्थको भाउ १५ रुपैयाँसम्म घट्ने हल्ला चलेको र ठूलो घाटा हुने देखेर निगमको डिपोबाट तेल नउठाएको बताएका छन् । तर सोमबार बेलुका पेट्रोल, डिजल र मट्टीतेलको भाउ दुई रुपैयाँका दरले मात्रै घटेपछि पम्पवालाले पम्प तेल उठाउन लागेका छन् ।
‘हामीले महाराजगञ्ज, बालुवाटार लगायतका क्षेत्रमा अनुगमन गर्यौं, १५ रुपैयाँसम्म भाउ घट्ने हल्ला चलेकाले आफूहरुले साेमबार र गएकाे आइतबार पम्प बन्द गरेको सञ्चालकले बताएका छन्’, विभागका सूचना अधिकारी दीपक पोख्रेलले भन्नुभयो, ‘निगमले दुई रुपैयाँ भाउ घटाएपछि सबै पम्पले तेल बेचिरहेका छन्, बुधबारसम्म अवस्था सहज हुनेछ ।’
बजारमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि मङ्गलबार नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संयुक्त बजार अनुगमन गरिरहेका छन् । भारतबाट सामान्य अवस्थामा भन्दा धेरै पेट्रोलियम पदार्थ आइरहेकाले नआत्तिन निगम र विभागले आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।