कालोबजारी रोक्न सरकारलाई निर्देशन

 चैत ४, २०७६ मंगलबार १७:५८:४० | रासस
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ । 

समितिको मंगलबार बसेको बैठकले उपभोग्य वस्तुको कृत्रिम अभाव गरिएकाे ठहर गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन निर्देशन दिएको हो । बैठकले अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारीमाथि कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 

सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएको जनाइरहँदा कोरोना भाइरसको त्रास देखाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेका छन् ।

कोरोनाका कारण दैनिक उपभोग्य वस्तु, औषधिलगायत अत्यावश्यकीय वस्तुको अभाव तथा सहज आपूर्तिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्न समितिको बैठक बसेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया