साढे १५ करोड रुपैयाँ बक्यौता नतिर्ने रघुपति जुट मिलको बिजुली काटियो

 चैत ५, २०७६ बुधबार १२:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – साढे १५ करोड रुपैयाँ बक्यौता नतिर्ने रघुपति जुट मिलको बिजुली काटिएको छ ।

डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ बक्यौता नतिरेपछि बुधबार लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले जानकारी दिनुभयो ।

मिलले गएकाे कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले बताउनुभयो ।

मिलले डेडिकेटेड लाइनको बक्यौता नतिर्ने भन्दै उच्च अदालत विराटनगरमा मुद्दा हालेको थियो । तर प्रेमराज ढकाल र नरिश्वर भण्डारीको इजलासले फागुन ५ गते प्राधिकरणको पक्षमा फैसला गरेपछि प्राधिकरणलाई बक्यौता उठाउन थप सहज भएको थियो ।

मिलले बक्यौता रकम तिरेमा फेरि बिजुली जडान गरिदने प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया