सरकारको अनुरोध : हात धोइ मास्क लगाएर मात्र परीक्षा केन्द्र जानुस्

 चैत ५, २०७६ बुधबार १४:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी भएसँगै विश्वका विभिन्न देशमा सावधानी बढाइएको छ । नेपाल सरकारले पनि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लिएर विशेष अनुरोध गरेको छ ।  

नेपाल सरकारले परीक्षा केन्द्र जानुअघि हात धुन र मास्क (मुखावरण) लगाउन अनुरोध गरेको छ । सङ्क्रमण फैलन नदिन परीक्षा भवन पस्नुअघि स्वस्थ र सुरक्षित रहन सचेत गराएको हो ।   

सरकारले बिहीबारदेखि सुरु हुने एसईईको सबै तयारी पूरा भएको छ । एक हजार ९ सय ९५ वटा सबै परीक्षा केन्द्रमा सुरक्षाको व्यवस्था, प्रश्न पत्र, उत्तरपुस्तिका लगायतका सामग्री पुर्‍याउनेदेखि जनशक्ति व्यवस्थापन समेतको काम पूरा भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बिहीबारदेखि १७ गतेसम्म हुने परीक्षामा देशभरका चार लाख ८२ हजार दुई सय १९ जना विद्यार्थी सहभागी हुनेछन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै परीक्षा केन्द्रमा हेल्थ डेक्स समेत राखिने सरकारले जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक अपिल सार्वजनिक गर्दै हेल्थ डेक्सको व्यवस्थापनका लागि सबै पालिकाहरुलाई अनुरोध गर्नुभएको छ ।

मन्त्री पोखरेलले विद्यार्थीहरुमा मनोवैज्ञानिक असर नपर्ने गरी स्वास्थ्य जाँच तथा सुरक्षाका उपाय अपनाउन पनि आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीहरुलाई साबुन पानीले राम्रोसँग हात धुन, मास्क लगाउन पनि आग्रह गर्नुभएको छ ।

यस्तै उहाँले परीक्षा केन्द्रमा भिडभाड नगर्न अभिभावक र विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया