भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (काेभिड–१९) भारतमा पनि फैलिइरहेको छ ।
कोरोनाबाट नागरिकलाई बचाउनका लागि भारतीय सरकारले विभिन्न सतर्कता अपनाइरहेको छ । भारतमा शैक्षिक संस्था, सिनेमा घर, जिमखाना बन्द गर्न निर्देशन दिइएको छ ।
अहिले सामाजिक सञ्जालहरुमा बलिवुड कलाकारहरु घरमै बस्न तथा आफ्नो स्वास्थ्यको ख्याल राख्न अपिल गरिरहेका छन् । साथै घरमै व्यायाम गरेर कसरी फिट हुने भन्ने जानकारी शेयर गरिरहेका छन् । तर यसैबीच अभिनेता शाहिद कपूर भने गुपचुप श्रीमती मिरा राजपुत कपूरलाई लिएर जिमखाना पुगको खबर चर्चामा छ ।
हुन त भारतको मुम्बईमा पनि जिमहरु बन्द गरिएका छन् तर शाहिद कपूर र उनकी श्रीमती मिरालाई मुम्बईको बान्द्रामा रहेकाे जिमखाना अगाडि देखियो । भारत सरकारले जिम बन्द गर्ने निर्देशन दिइसकेपछि पनि शाहिद र मिरालाई जिम गएको देखेपछि धेरैले आपत्ति जनाएका छन् ।
स्थानीय सरकारले जिम बन्द निर्देशन दिइसकेपछि पनि जिम चलाएपछि जिमखानाका मालिकलाई स्पष्टिकरण दिन सूचना पठाइएको थियो र त्यसलगत्तै स्थानीय सरकारले त्याे जिमखानालाई 'सिल' गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिनभरि बन्द रहेको त्याे जिमखाना शाहिद र उनकी पत्नी मिराका लागि मात्रै खोलिएको थियो । शाहिदले गोप्य रुपमा जिमजाने पूर्ण कोसिस गरेका पनि थिए । तर उनी भारतीय पत्रकारहरुबाट बच्न सकेनन् ।
ती जिमखानाका मालिक युधिष्ठिर जयसिंहले यस विषयमा सफाइ दिँदै शाहिद र मिरा आफ्नो साथी भएको र जिममा आफूसहित तीन जनाले मात्रै समय बिताएको बताएका छन् ।
यसअघि उनले शाहिद जिममा केवल सामानहरु लिन मात्रै आएको बताएका थिए । भारतीय सरकारी अधिकारीका अनुसार कुनै पनि एक जनाको लागि यसरी जिम खोलिनु गलत हो ।
केही समयअघि शाहिदले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसका कारण उनको आगामी फिल्म जर्सीको छायाँकनपछि सारेको बताएका थिए । शाहिदले ट्वीट गर्दै लेखेका थिए, ‘यतिबेला कोरोना भाइरसलाई फैलन नदिनु हामी सबैको सामाजिक जिम्मेवारी हो ।'
यसकारण हामीले ‘जर्सी’ को छायाँकन रद्द गरेका छौँ । फिल्म युनिटका सदस्यहरु आफ्ना परिवारका साथ घरमै बस्नुहोस् । जिम्मेवार बनौँ र सुरक्षित रहौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।