सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – आज विश्व मुख स्वास्थ्य दिवस 'युनाइट फर माउथ हेल्थ' अर्थात् मुख स्वास्थ्यका लागि एकजुट भन्ने नाराका साथ मनाइँदैछ । मुखभित्रको स्वास्थ्यलाई जाेड दिँदै याे दिवस मनाउन थालिएकाे हाे ।
स्पेनको मड्रिडमा भएको डेन्टल काँग्रेसले हरेक वर्षका लागि नयाँ नारा बनाउने गर्दछ । हरेक वर्ष मार्च २० तारिखमा यो दिवस मनाइँदै आइएकाे छ । मुखलाई स्वास्थ्यको दर्पण मानिन्छ । मान्छेको मुखको स्वास्थलाई उसको व्यक्तित्वसँग जोडेर हेरिन्छ ।
पत्रु खाना, चिसो, तातो जस्ता कुराले मुखको स्वास्थ्यमा असर गर्ने भएकोले त्यस्ता खानेकुरामा सजग रहन डाक्टरले अनुरोध गरेका छन् ।
यस्तै आज अन्तर्राष्ट्रिय खुसी दिवस पनि हाे । 'ह्याप्पिनेस फर अल, टुगेदर' अर्थात् सबैका लागि खुसी, सँगै भन्ने नाराका साथ याे दिवस मनाइँदै छ ।
खुसी आफैभित्र छ, कुनै वस्तु या परिस्थितिले बाध्यकारी नबनाउने मानव जीवनको यो अपरिहार्य कुरालाई महत्व दिँदै सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।