मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित

 चैत ७, २०७६ शुक्रबार १३:३६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले एकै ठाउँमा धेरै मानिस जम्मा नहुन आग्रह गरेसँगै मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित भएको छ । कारोना भाइरस (कोभिड-१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो ।

नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समितिले सङ्क्रमणबाट बच्न शुक्रबारको विशेष नमाज लगायतका हरेक दिन हुने भिडभाड नगर्न आग्रह गरेको छ । 

'आफू पनि बाँचौ अरुलाई पनि बचाऔँ' भन्ने सन्देशसहित मस्जिदले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सहयाेग गर्न आग्रह गरेको छ । मस्जिदले आ-आफ्नो ठाउँबाट नमाज पढ्न अनुरोध गरेको छ । काेराेनाको जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । 

यसअघि बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न आग्रह गर्नुभएको थियो ।  

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया