सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
फागुन १२, २०८१ सोमबार
भक्तपुर - विभिन्न देशबाट स्वदेश फर्किएका ६२ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेण्टाइनमा राखिएकाे छ ।
विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएसँगै दुबई र कतारलगायतका देशबाट फर्किएका उनीहरुलाई क्वारेण्टाइनमा पठाइएको हो ।
थाई एयरवेजबाट आएका ४९ र एयर इण्डियामा आएका १३ जना नेपालीलाई क्वारेण्टाइनमा पठाइएको छ । क्वारेण्टाइनमा २ जना डाक्टरसहित नर्स र अरु स्वास्थ्यकर्मी गरी पाँच जना खटिएका र एउटा एम्बुलेन्स तथा त्यसका चालक तयारी अवस्थामा राखिएका छन् ।
स्वाब भने आइतबार सङ्कलन गरिने भएकाे छ । विमानस्थलबाट उनीहरुलाई बसमा राखेर स्कर्टिङ्ग गर्दै पौने ६ बजे क्वारेण्टाइनमा पुर्याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
उनीहरुलाई कम्तीमा १४ दिन क्वारेण्टाइनमा राखिनेछ । सङ्क्रमण पोजेटिभ देखिए उपचारका लागि शहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु लगिनेछ । आफ्नै ईच्छाले नेपाल फर्किएका उनीहरु क्वारेण्टाइनमा रहँदाको खर्च आफैँले बेहोर्नुपर्नेछ ।
प्राधिकरणको क्यान्टिनमा खाना बनाएर प्याकिङ्ग गरी उनीहरुलाई खाना पठाइएको र क्वारेण्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै व्यवस्थापन गरिएको छ । क्वारेण्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टाेलीले सुरक्षा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Govinda aryal
March 21, 2020, 9 p.m.हाेइन सरकार याे कस्तो नियम हाे आफू जन्मेको देश घरमा जान पनि नपाउने ? के नियम हाे याे कहिले सम्म दबाबमा बाच्नु पर्ने हामी ? हाे ठिक छ चेकजाच गर अनि 2 घण्टामा रिपोर्ट निकाल अनि सङ्का लागेको मान्छेलाई राख सरकार। किनकि काेराेना नलागेको मान्छेलाई पनि टेन्सन दिएर पागल हुने नबनाउ। नेपालमा नै केही गर्ने वातावरण भएकाे भय अहिले हामी युवा बिदेश जानू पर्ने थिएन।भ्रष्टाचार गर्ने पैसा देश बिकासमा खर्च गरन।