आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द, कुन–कुन कार्यालय बन्द हुँदैनन् ?

 चैत ९, २०७६ आइतबार ८:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) को जोखिम कम गर्न तथा रोकथामका लागि आइतबारदेखि अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द गरिने भएको छ ।

कोरोनाको जोखिम कम गर्न आइतबारदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो । २५ जनाभन्दा धेरै व्यक्तिलाई एकै ठाउँमा जम्मा नहुन पनि सरकारले आग्रह गरेको छ । 

अरु सेवा बन्द भए पनि अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी तथा बिक्री वितरण बन्द हुँदैन ।

साथै टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवा, र फोहोर ढुवानी तथा विर्सजन, हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा भने बन्द नहुने सरकारले जनाएको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान शनिबारदेखि चैत १८ गतेसम्मका लागि बन्द गरिएकाे छ भने आइतबारदेखि लामो दुरीका गाडी पनि नचल्ने सरकारले जनाएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे शुक्रबार देशवासीको नाममा गर्नुभएको सम्बोधनमा भनिएको छ, ‘देशैभर सङ्घ, प्रदेश र पालिकाका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाको सूची : 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया