ग्यास पाइएन ? १० बजेदेखि ५ बजेसम्म यी ठाउँमा जानुस् !

 चैत ९, २०७६ आइतबार ८:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि आइतबारदेखि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गरिने भएको छ ।

नेपाल आयल निगमले ग्यास उद्योग सङ्घको सहकार्यमा काठमाण्डाै उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको जनाएको छ ।

नेपाल आयल निगमका अनुसार नेपाल र तारा ग्यासले बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन.एस स्टोरबाट ग्यास बिक्री गर्नेछन् । यस्तै सागर र चण्डी ग्यासले जडीबुटी बिक्री डिपोबाट तथा एसटीसी ग्यासले कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबाट ग्यास बिक्री गर्नेछन् ।

ओम ग्यासले थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट, बाबा, श्री र लुम्बिनी ग्यासले कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडि ग्याच बेच्ने जनाएका छन् ।

एचपी ग्यासले असिम किचेन एण्ड सप्लायर्स, सिद्धार्थले इमाडोलको केसी एलपी सप्लायर्स, श्रीमाया ग्यासले सतुङ्गलको डिपो र लोकप्रियले नैकापको भाञ्जा ट्रेडर्सबाट ग्यास बिक्री गर्नेछन् ।

यस्तै राजधानी ग्यासले सीतापाइलामा रहेको डिपोबाट, सूर्य ग्यासले जगातीमा रहेको जोशी भिमसेन स्टोरबाट, गीता ग्यासले धुम्बाराहीको टोयटा शाे रुम अगाडिबाट, हिमाल ग्यासले भगवती वहालको प्रयास ट्रेडर्सबाट ग्यास बेन्चे नेपाल आयल निगमले जनाएको छ ।

यस्तै नमस्ते ग्यासले कागेश्वरी मनहराको कुमार स्टोरबाट, भानु ग्यासले गोङ्गबुको लिला ग्यास डिपोबाट, एभरेस्ट र सुगम ग्यासले सिफलको ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट, श्रीराम ग्यासले हरिसिद्ध ललितपुरको श्रीराम ग्यास तथा मनोज सप्लायर्सले सानेपाको सुमन सम्राट र न्यू नविन स्टोरबाट ग्यासको अतिरिक्त बिक्री गर्नेछन् ।

साथै अहिले ग्यासको आयात पर्याप्त रहेकोले आवश्यकताभन्दा धेरै ग्याँस सञ्चित नगर्न पनि नेपाल आयल निमगले आग्रह गरेको छ । यसैबीच ग्यासको माग बढेपछि नेपाल आयल निगमले थप १५ हजार टन ग्यास माग गरेको जनाएको छ ।  

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया