कोरोना भाइरस : आठ वटा देशमा चीनमा भन्दा धेरै बिरामी

 चैत ९, २०७६ आइतबार १०:५९:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वका विभिन्न आठ देशमा चीनमा भन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का बिरामी रहेका छन् । चीनमा नयाँ सङ्क्रमण घटेको र उपचारपछि निको हुने क्रम बढेको छ भने अरु देशमा बिरामी थपिइरहेका छन् । 

अहिले सबैभन्दा धेरै इटलीमा ४२ हजार ६ सय ८१ जना बिरामीले उपचार गराइरहेका छन् । इटलीमा ५३ हजार पाँच सय ७८ जनामा सङ्क्रमण भएकोमा चार हजार आठ सय २५ जनाको मृत्यु भएको छ भने ६ हजार ७२ जना निको भएका हुन् । 

यस्तै अमेरिकामा २६ हजार तीन ३३ जना बिरामीले उपचार गराइरहेका छन् । अमेरिकामा २६ हजार आठ सय ५९ जना सङ्क्रमित भएकोमा तीन सय ४८ जनाको ज्यान गएकाे छ भने एक सय ७८ जना निको भएका छन् ।

जर्मनीमा २२ हजार ७१ जना, स्पेनमा २१ हजार ९ सय ९३ जना, इरानमा ११ हजार चार सय १९ जना, फ्रान्समा १२ हजार तीन सय १० जना, स्विजरल्याण्डमा ६ हजार ६ सय ५२ जना र दक्षिण कोरियामा पाँच हजार आठ सय ८४ जना बिरामी उपचाररत छन् ।  

चीनमा पाँच हजार तीन सय ५३ जना उपचार गराइरहेका छन् । चीनमा ८१ हजार ५४ जनामा सङ्क्रमण भएकोमा ७२ हजार चार सय ४० जना निको भएका छन् भने तीन हजार दुई सय ६१ जनाको ज्यान गएकाे छ । 

विश्वको एक सय ८८ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना सङ्क्रमणबाट आइतबार बिहान १० बजेसम्ममा तीन लाख आठ हजार दुई सय २७ जनामा सङ्क्रमण भएको छ । जसमध्ये ९५ हजार आठ सय २६ जना उपचारपछि निको भएका छन् भने एक लाख ९९ हजार तीन सय ३७ जना उपचार गराइरहेका छन् । १३ हजार ६४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया