काेभिड १९ विरुद्धकाे अभियानमा बलिउडका यी कलाकारहरुले गरे करोडौँ रुपैयाँ सहयोग

 चैत १९, २०७६ बुधबार ९:२६:३६ | एजेन्सी
unn.prixa.net

विश्व यतिबेला कोरोना कोभिड १९ जस्तो महामारीको सामना गरिरहेको छ । जसको चपेटाबाट भारत पनि बच्न सकेको छैन । भारत सरकार यतिबेला कोरोना भाइरस विरुद्धको लडाइमा छ । यस अभियानमा सरकारलाई आर्थिक सहयोगको लागि बलिउडका कलाकारहरु अघि सरेका छन् ।

सहयोग गर्ने कलाकारहरुको सूचीमा बलिउडका स्थापित अभिनेता अक्षय कुमार, सलमान खान देखि नयाँ पुस्ताका अभिनेता कार्तिक  आर्यन र साराअली खानको नाम आएको छ । 

नयाँ पुस्ताका चर्चित अभिनेता कार्तिक आर्यनले भारत सरकार राहत कोषमा १ करोड रुपैयाँ दिएको  बताएका छन । कार्तिकले सामाजिक सञ्जालमा यसबारे लेखेका छन ‘मैले जे जति कमाएको छु र अहिले जुन स्थानमा छु,  त्यो भारतीय जनताका कारण छु । तसर्थ म प्रधानमन्त्री राहत कोषमा हामी सबैका लागि १ करोड रुपैयाँ दिदैछु । म सम्पूर्ण भारतीय नागरिकलाई सहयोगका लागि अगाडि बढ्न अनुरोध गर्छु । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

We need each other now more than ever. Let’s show our support 🙏🏻

A post shared by KARTIK AARYAN (@kartikaaryan) on

अभिनेत्री साराअली खानले पनि प्रधानमन्त्री तथा महाराष्ट्रका मुख्यमन्त्री कोषमा आर्थिक सहयोग गरेकी छिन । यसको जानकारी सारा स्वयम्ले सामाजिक सञ्जालमार्फत दिएकी छिन् । तर उनले कति रुपैयाँ दान दिएकी छिन भन्ने खुलासा भने गरेकी छैनन् । साराले आर्थिक सहयोग गर्ने पोष्ट गरेसँगै सामाजिक सञ्जालमा उनको कामको प्रशंशा भइरहेको छ । 

फिल्म उरीः द सर्जिकल स्ट्राइकबाट राष्ट्रिय पुरस्कार विजेता विक्की कौसलले प्रधानमन्त्री कोष तथा महाराष्ट्र मुख्यमन्त्री राहत कोषका लागि १ करोड दान दिने घोषणा गरेका छन । 

भारतकी दिग्गज गायिका लता मंगेशकरले २५ लाख रुयैयाँ आर्थिक सहयोग गरिसकेकी छिन । अभिनेता सलमान खानले भारतीय मनोरञ्जन क्षेत्रमा काम गर्ने कलाकारहरुमध्य आर्थिक स्थिति कमजोर भएका २५ हजार कर्मचारीको रोजीरोटीको जिम्मेवारी लिएका छन् । अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ दिएका छन् भने भारत सरकारको कोभिड १९ विरुद्धको अभियानमा सहयोग गर्ने बताएका छन । 

यस्तै अभिनेता वरुण धवनले प्रधानमन्त्री कोष तथा महाराष्ट्र मुख्यमन्त्री राहत कोषका लागि ५० लाख रुपैया दान गर्ने घोषणा गरीसकेका छन  । गायक गुरु रन्धावा, रणदिप हुड्डा, शिल्पा शेट्टी, अनुष्का शर्मा, ¥यापर बादशाह पनि आर्थिक सहयोगका लागि तयार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया