जनावरमा पनि काेराेना पुष्टि : अमेरिकाकाे न्युयाेर्क चिडियाखानाको बाघमा कोरोना भाइरस

 चैत २४, २०७६ सोमबार ८:१४:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – काेभिड १९ काे सङ्क्रमण पहिलाेपल्ट जनावरमा समेत देखिएकाे छ । अमेरिकी शहर न्युयोर्कको ब्रोन्स चिडियाखानामा रहेको चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । 

चिडियाखानामा रहेको पोथी बाघमा कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको अयोवामा रहेको नेशनल भेटेरेनरी सर्भिसेज ल्याबोरेटोरीले पुष्टि गरेको छ । 

योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जनावर पोथी बाघ भएको छ । अधिकारीहरुले चिडियाघरका कर्मचारीबाटै पोथी बाघमा सङ्क्रमण भएको हुन सक्ने बताएका छन् । 

सङ्क्रमित पोथी बाघ नादिया, अर्को पोथी बाघ अजुल, अमुर प्रजातिको दुई वटा बाघ र तीन अफ्रिकी सिंहमा सुख्खा खोकी देखिएको र अहिले तिनीहरु सामान्य अवस्थामा फर्किएको बताइएको छ । 

सङ्क्रमित पोथी बाघको आहर घटेको भए पनि पशु स्वास्थ्यकर्मीको हेरचाहका कारण सुधार भइरहेको अधिकारीहरुले बताएका छन् । 

ब्रोन्स चिडियाघरमा रहेका अरु बाघ, हिउँ चितुवा, चितुवा लगायतका जनावारमा बिरामीको कुनै लक्षण देखिएको छैन । 

ब्रोन्स सहित चार वटै चिडियाखाना न्युयोर्कमा रहेको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सञ्चालन गर्दै आएको छ । जुन गएको मार्च १६ देखि सर्वसाधरणको लागि बन्द गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया