रुस : 'ठूलाे स्वरले हल्ला' गरेकाे भन्दै पाँच जनाकाे गाेली हानी हत्या

 चैत २४, २०७६ सोमबार ९:६:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै –  रुसमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरबाहिरकाे सडकमा बसेर 'ठूलाे स्वरले हल्ला' गरेको निहुँमा पाँच जनाकाे गोली हानेर हत्या गरेका छन् ।

अधिकारीहरुका अनुसार कोरोना भाइरस (काेभिड १९) का कारण स्थानीयवासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउकाे सडकमा बसेर ठूलाे स्वरले हल्ला गरिरहेका थिए । ज्यान गुमाएकाहरुमा चार जना पुरुष र एक जना महिला छन् । यो घटना शनिबार राति १० बजेतिर भएको थियो ।

राजधानी मस्कोबाट दक्षिण–पूर्व झण्डै दुई सय किलोमिटर टाढाको र्‍याजन क्षेत्रकाे यलात्मा गाउँमा याे घटना भएको अधिकारीहरुले बताएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया