परदेशमा रोजगारी गुम्यो भने के गर्नु !

 चैत २८, २०७६ शुक्रबार १८:४१:४९ | मेरो कथा मेरो भोगाई

पदम सुर्खेती, हाल कतार दोहा ।

दोहामा छु । कोरोनाको डर परदेशमा नहुने कुरै छैन । कोरोनाबाट त म हात धोएरै भए पनि बचौंला । तर खै हिजोआज मनमा कोरोनासँगै अनेक कुराको डर लाग्न थालेको छ । कोही के भन्छन्, कोही के ।

कहिले सरकारले श्रमिकलाई तलब दिन्छ भन्ने खबर आउँछ । कहिले श्रमिक नै कटौती गर्छ रे भन्ने सुनिन्छ । मनमा डर लाग्न थालेको छ । मेरो पनि काम भएन भने परिवारको भविष्य के होला ?

जिम्मेवारी मेरो काँधमा छ । बुवाआमा बितेपछि परदेश लागेको हुँ । एक्लो छोरो म ।

आम्दानीको स्रोत पनि अर्को छैन । साना साना छोराछोरी छन् । उनीहरुको पढाइलेखाइ मेरै यहाँको पसिनाले चलेको छ ।

अस्ति समाचारमा पढें, यूएईले श्रमिक कटौतीको व्यवस्था गर्‍यो भनेर । अनि मलाई चिन्ता पर्‍यो ।

मेरो रोजगारदाताले पनि मलाई बेतलबी बिदा दियो वा काम नै बन्द भयो भने मैले के गरौंला ? छोराछोरीको जिम्मेवारी कसरी बहन गर्नु

मेरो कारणले मेरो बालबच्चालाई दुःख भएको म कसरी हेर्न सकौंला ? मनमा अनेक कुरा खेल्छन् ।

काम गरिराख्दा पनि मनमा लाग्छ मलाई नै कोरोना सङ्क्रमण भयो भने के होला ? मन पटकै स्थिरमा छैन ।

पसलमा रासनको भाउ सोध्छु, तर्सन्छु । पुरै तलब खाएर सकियो भने घरमा के पठाउँला ? बालबच्चालाई केही कुराको कमी पो हुने हो कि जस्तो लाग्छ ।

अनि श्रीमतीले पैसा किन नपठाएको भनिन् भने के जवाफ दिउँला ? उनलाई पनि त गाह्रो छ । दिनभरी काम गरेर थाकेको शरीर यस्तै कुरा सोच्दै लोलाउँछ । परदेशीलाई जसो गरे पनि गाह्रो रहेछ ।

 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Bhuwan Nepali

    April 23, 2020, 4:05 p.m.

    नेपाल फर्काउ सरकार ......यहाँ खान बस्न सबै हराइसक्यो ...भएको पैसा पनि सकियो / यस्तो बेलामा जति इमेल , फोन गरेपनि कसैले रेस्पोन्स गर्दैन /

  •  0 Reply
  • Rojita sanjel

    April 10, 2020, 8:19 p.m.

    गाउँ फर्क अभियान चलाउ सरकार आफ्नै माटो मा नङ्रा खियाएर बिदेशी भुमि मा जस्तै गरि मेहनत गरे पैसा त धेरै नमिल्ला तर खान लाउन र खुसी त पक्कै मिल्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया